झापा / कैलालीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेको छन् । पक्राउ पर्नेमा जानकी गाउँपालिका- २ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरी रहेको प्रहरीले जनाएको छ ।
चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।