रूपन्देही / रूपन्देहीमा आफ्नै पसलमा काम गर्ने १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैन नगरपालिका- ३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापा रहेको प्रहरीले जनाएको छ । बुधबार पक्राउ गरेको छ ।
ती बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । पक्राउ परेका थापा माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।