काठमाडौँ / बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेर आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ । 
चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।