झापा / सङ्खुवासभामा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ । जिल्ला कारागार खाँदबारीमा पाँचखपन नगरपालिका- २ स्याबुनका ३९ वर्षीय सुरेश तामाङको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
असार १ गते साँझ खाना खाएर सकुशल सुतेका तामाङ राति अचानक बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा असार २ गते बिहान ५ बजे मृत्यु भएको जिल्ला कारागार खाँदबारीका प्रमुख विनोद अधिकारीले बताएका छन् ।