समाचार

    Showing 19,931-19,940 of 25,968 items.
  • लुम्विनी प्रदेशसभाको जिप सिकाउने क्रममा ठोक्कियो

    बुटवल। निवासका कर्मचारीलाई सिकाउने क्रममा लुम्विनी प्रदेशसभा सचिवालयको गाडी दुर्घटनामा परेको छ।लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती बसन्तको बुटवल स्थीत निवासमा प्रयोग हुदै आएको लु १ झ ४४७ नं को टाटा स्ट्रोम जिप दुर्घटनामा परेको हो। शुक्रवार बिहान करिव ११ बजे सभामुखको सचिवालयका एक कर्मचारीलाई सिकाउने क्रममा दुर्घटनामा परेको बुझिएको छ।प्रदेशसभा सचिवालका चालक शिद्धराम चौधरीले सभामुखको सचिवालयका कर्मचारी पदम सोमैलाई सिकाउने क्रममा बुटवल १० र तिलोत्तमा नगरपालिकाको सिमा सडक योगिकुटीमा रहेको बिद्युतको पोलमा ठोक्किएको थियो। अत्यन्त तिव्र गतिमा रहेको उक्त सरकारी गाडी योगिकुटीको सोमवार हाटबजार अगा

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 238 पटक पढिएको
  • हात्तीको आक्रमणबाट तुलबहादुरको मृत्यु

    सिराहा । सिरहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको छ ।नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिएका छन ।घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 241 पटक पढिएको
  • विमानस्थलबाट ब्राउनसुगरसहित एक जना पक्राउ

    नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ। शुक्रबार बिहान विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामबहादुर घर्तीमगरले श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका क्षेत्रीको साथबाट ४५ ग्रामको ब्राउनसुगर फेला पारेको जानकारी दिए।पक्राउ परेका क्षेत्रीलाई थप अनुसन्धानका लागि थुनामा राखिएको डीएसपी मगरले जानकारी दिए।

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 105 पटक पढिएको
  • पूर्वी तराईमा सिरुवा पर्वको मनाइदै

    झापा । वैशाख १ बाट पूर्वी तराईका विभिन्न ठाउँमा सिरुवा पर्व मनाइदै छ । यो पर्व नयाँ वर्षसँगै मनाउन सुरु गरिन्छ पहिलो दिन सतुवाइन र दोस्रो दिनलाई सिरुवा अर्थात् जुडशीतलका रूपमा सिरुवापर्व मनाउने गरिन्छ ।कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका जिल्लामा सिरुवा पर्व धुमधामकासाथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, कोचे, मेचे, उराँव, किसान, धिमाल, ताजपुरिया, गनगाँई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्छन् ।यो पर्वमा हिलो, रङका साथै पानीको बढीभन्दा बढी प्रयोग हुने गरेकाले पानीले शीतलता दिन्छ भन्ने मान्यताका साथ यस पर्वलाई जुडशीतल पनि भन्ने गरिन्छ । सिरुवा जुडशीतलमा

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 347 पटक पढिएको
  • गाउँपालिकाका अध्यक्षको घर नजिकै कुकर बम फेला

    बुटवल  ।   शनिबार रुपन्देहीको  सियारी गाउँपालिकाका अध्यक्ष थानेेेश्वर घिमिरेको घर पछाडीको गेट नजिकै कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।सिमेन्टको बोराभित्र शंकास्पद बस्तु देखेपछि अध्यक्ष घिमिरेले प्रहरीलाई खबर गरेका थिए। प्रहरीसहित नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको डीएसपी अर्यालले बताए। तारजडित प्रेसर कुकरमा ‘खतरा’ लेखेर टाँसिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 335 पटक पढिएको
  • लागुपदार्थ सेवन गरी सवारी चलाउने ७ जना नियन्त्रणमा

    काठमाडौं   ।  नागढुङ्गामा भएको विशेष चेकिङमा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ चालक सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको संयुक्त टोलीले शुक्रबार दिउँसो २० वटा सवारी साधनका चालक तथा पछाडि सवार मानिसलाई चेक गर्दा ७ जनाले लागुपदार्थ सेवन गरेको पाइएको हो ।लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने बताएका छन।ट्राफिक प्रहरीले पछिल्लो समय लाग

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 174 पटक पढिएको
  • जापानी प्रधानमन्त्री फुमियोमाथि स्मोक बम प्रहार

    एजेन्सी । जापानी प्रधानमन्त्री फुमियो किशिदा माथि स्मोक बम प्रहार भएको छ । किशिदाले एक र्‍यालीलाई सम्बोधन गर्न लागेका बेला उनीमाथि स्मोक बम प्रहार भएको हो ।पीएम किशिदा नजिकै पाइपजस्तो वस्तु फ्याँकिएको थियो । त्यसलगत्तै तीनजना प्रहरी अधिकारीले एक संदिग्धलाई पक्राउ गरेका थिए । विस्फोटको आवाज सुनेपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा कवचमा लगिएको थियो ।गत वर्ष जुलाईमा पनि देशका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको थियो । सन् २०२२ को जुलाईमा देशको पश्चिमी भागमा सडकमा भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको थियो ।

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 222 पटक पढिएको
  • मोरङमा बङ्गुरको मासु अड्किएर बेथुलालको मृत्यु

    मोरङ  ।  मोरङमा  बङ्गुरको मासु खाँदा अड्किएर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रतुवामाई नगरपालिकाका-९ का ४८ वर्षीय बेथुलाल माझी रहेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ।पोलेर खाने क्रममा साँझ करिब ५ बजेतिर मासु अड्किएको र माझीको उपचारको क्रममा राति करिब ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए।उनका अनुसार हाल शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ।

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 238 पटक पढिएको
  • बालुवाटारमा गोली चल्दा, वर्षमान पुनकी आमा घाइते

    काठमाडौं  ।  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकि आमा तीर्थमालीमाथि गोली प्रहार गर्ने व्यक्ति कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षामा खटिने सुरक्षाकर्मी    रहेको खुलेको छ। तिर्थमाया माथि शुक्रबार राति साढे ९ बजे गोली चलाएको हो। गएराति बालुवाटारस्थित पुनकै निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन्। उनी तीर्थमाली नाताले नाति रहेको प्रहरीले जनाएको छ। नयाँ वर्ष मनाउन पुनको निवास पुगेका मगरले पुनकी आमा ७४ वर्षीया तीर्थमालीमाथि गोली प्रहार गरेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी दिपेन्द्र जिसीले जानकार

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 798 पटक पढिएको
  • मिटरब्याज पीडितहरुले आजबाट धर्ना दिने

    काठमाडौं ।  महोत्तरीसहित विभिन्न जिल्लाबाट काठमाडौंमा न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याजपीडितले शनिबार पनि मार्चपाससहित धर्ना दिने भएका छन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालको अगुवाइमा पीडितले शनिबार दिउँसो साढे १२ बजे शान्तिबाटिकामा मार्चपाससहित धर्ना दिन लागेको हो । सरकारले आफूहरुको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाहरुले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, कीर्ते लिखत खारेज गर्नुपर्ने, हडपेको जमिन फिर्ता गराउनुपर्नेलगायतका माग राखेर काठमाडौं केन्द्रित संघर्ष गरिरहेका छन् ।

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 238 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.