Screenshot_2023_0415_130923काठमाडौं   ।  नागढुङ्गामा भएको विशेष चेकिङमा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ चालक सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीको संयुक्त टोलीले शुक्रबार दिउँसो २० वटा सवारी साधनका चालक तथा पछाडि सवार मानिसलाई चेक गर्दा ७ जनाले लागुपदार्थ सेवन गरेको पाइएको हो ।

OM Sai Pathibhara Hospital

लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने बताएका छन।

ट्राफिक प्रहरीले पछिल्लो समय लागुऔषधसमेत सेवन गरेर सवारी साधन चलाउने चालकहरू भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तिव्रताका साथ अगाडि बढाइएको छ।

सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए/नचलाएकोबारे प्राविधिक टोलीसहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो।