Screenshot_2023-04-15-12-05-38-10_a23b203fd3aafc6dcb84e438dda678b6एजेन्सी । जापानी प्रधानमन्त्री फुमियो किशिदा माथि स्मोक बम प्रहार भएको छ । किशिदाले एक र्‍यालीलाई सम्बोधन गर्न लागेका बेला उनीमाथि स्मोक बम प्रहार भएको हो ।

पीएम किशिदा नजिकै पाइपजस्तो वस्तु फ्याँकिएको थियो । त्यसलगत्तै तीनजना प्रहरी अधिकारीले एक संदिग्धलाई पक्राउ गरेका थिए । विस्फोटको आवाज सुनेपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा कवचमा लगिएको थियो ।

OM Sai Pathibhara Hospital

गत वर्ष जुलाईमा पनि देशका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको थियो । सन् २०२२ को जुलाईमा देशको पश्चिमी भागमा सडकमा भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको थियो ।