मोरङ  ।  मोरङमा  बङ्गुरको मासु खाँदा अड्किएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रतुवामाई नगरपालिकाका-९ का ४८ वर्षीय बेथुलाल माझी रहेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ।

OM Sai Pathibhara Hospital

पोलेर खाने क्रममा साँझ करिब ५ बजेतिर मासु अड्किएको र माझीको उपचारको क्रममा राति करिब ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए।

उनका अनुसार हाल शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ।