बुटवल। निवासका कर्मचारीलाई सिकाउने क्रममा लुम्विनी प्रदेशसभा सचिवालयको गाडी दुर्घटनामा परेको छ।
लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती बसन्तको बुटवल स्थीत निवासमा प्रयोग हुदै आएको लु १ झ ४४७ नं को टाटा स्ट्रोम जिप दुर्घटनामा परेको हो।
शुक्रवार बिहान करिव ११ बजे सभामुखको सचिवालयका एक कर्मचारीलाई सिकाउने क्रममा दुर्घटनामा परेको बुझिएको छ।
प्रदेशसभा सचिवालका चालक शिद्धराम चौधरीले सभामुखको सचिवालयका कर्मचारी पदम सोमैलाई सिकाउने क्रममा बुटवल १० र तिलोत्तमा नगरपालिकाको सिमा सडक योगिकुटीमा रहेको बिद्युतको पोलमा ठोक्किएको थियो।
अत्यन्त तिव्र गतिमा रहेको उक्त सरकारी गाडी योगिकुटीको सोमवार हाटबजार अगाडीको चोकमा पुगेपछि चालकले नियन्त्रण गर्न नसक्दा बुटवल पाल्पा ११ केभी प्रशारण लाईनको बिद्युत पोलमा ठोक्किएको थियो।
जिपले बिद्युतको पोलमा ठोक्किदा ढलेको पोलले स्थानीय डिल्लीराज अर्यालको घरमा समेत क्षती पुर्याएको छ।
अर्यालका अनुसार बिद्युत पोल संगै घरमा ठोक्कीन पुगेको बिजुलीको तारको झड्काले घरको माथील्लो तलामा रहेको कोठा चर्किएको छ।
प्रत्यक्षदर्शीहरुका अनुसार बिद्युत पोलमा जिप ठोक्किएपछि छेवैको सिटमा बसेर सिकाई रहेका जिप चालक सिद्धराम चौधरी भागेका थिए।
चलाउन सिकीरहेका चालक पदम सोमैलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।
सभामुखको निवासका एक सुरक्षाकर्मीका अनुसार उक्त जिपका चालक सिद्धराम चौधरी भएको र उनले पदम सोमैको हात सफागर्ने भन्दै सिकाउन लगेका थिए।
दुर्घटना स्थलबाट भागेका चालक चौधरीलाई घटना घटेको करिव १ घण्टा पछि प्रहरीले खोजेर ल्याएको थियो।
सोमै सभामुख तुलाराम घर्तिले केही दिन अघि मात्रै सचिवालयको कर्मचारीको रुपमा नियुक्त गरेका थिए।
सोमैले आफुसंग चालक अनुमती पत्र भएपनि साथमा नभएको र आफु चालक पदमा नियुक्त भने नभएको बताए। उनले भने म सभामुखको निवासमा काम गर्ने गरी नियुक्त भएको हुं तर चालक होईन ।