समाचार

    Showing 19,271-19,280 of 25,966 items.
  • हिजो स्थगित भएको राष्ट्रियसभा बैठक आज बस्दै

    काठमाडौँ / हिजो विशेष कारण देखाएर स्थगित भएको राष्ट्रियसभा बैठक आज बस्दै छ ।  आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १०ः०१ बजेका लागि बैठक बोलाइएको हो । सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८०  पारित हुँदै छ । त्यसअघि आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको  सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ । त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्त

    • प्रकाशित मितिः असार २८, २०८०
    • 122 पटक पढिएको
  • स्क्रब टाइफसका कारण बिरामी परेका वडाध्यक्षको मृत्यु

    झापा / स्क्रब टाइफसका कारण रोल्पाको रुन्टिगढी गाउँपालिका- ४ का वडाध्यक्षको निधन भएको छ । मंगलबार एक्कासि बिरामी भएका वडाध्यक्ष टंकबहादुर पुनको मृत्यु भएको हो । वडाध्यक्ष पुनको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बुधवार मृत्यु भएको गाउँपालिका अध्यक्ष जनक पुनले बताए । 

    • प्रकाशित मितिः असार २७, २०८०
    • 226 पटक पढिएको
  • पशुपति आर्यघाटमा गरियो प्रचण्ड पत्नी सीताको अन्त्येष्टि

    काठमाडौँ / नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । बुधबार अपराह्न पशुपति आर्यघाटमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । दाहाललाई पति प्रचण्ड र छोरीहरू रेणु दाहाल र गङ्गा दाहालले दागबत्ती दिए । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेदेखि पार्टी केन्

    • प्रकाशित मितिः असार २७, २०८०
    • 156 पटक पढिएको
  • प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा एक जना पक्राउ

    काठमाडौँ / वीरेन्द्रनगर नगरपालिका- ७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गर्ने एकजनालाई प्रहरीले गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसी रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच गर्ने क्रममा क .प्र ०२००१ प १५२८ नम्बरको मोटरसाइकलमा सवार प्रकाश समेतका ४ जनाले चेकिङमा खटिएका प्रहरी सहायक हवल्दारलाई एक्कासि हातपात तथा कुटपिट गरे पश्चात उक्त मोटरसाइकलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः असार २७, २०८०
    • 231 पटक पढिएको
  • १६ वर्षीय किशोरीलाई शरीर बन्धक बनाएको आरोपमा एक पक्राउ

    काठमाडौँ / १६ वर्षीय किशोरीलाई शरीर बन्धक बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  महाङ्काल गाउँपालिका- ३ बस्ने २० वर्षीय सुमन न्यासुर रहेका छन् । असार २२ गते बेलुकीदेखि किशोरी हराएको भन्ने निवेदन असार २४ गते प्राप्त भएको तथा ती किशोरीलाई सुमनले सोही गाउँपालिका- ६ स्थित बुद्ध थोकरको घरमा थुनेर राखेको भन्ने उजुरी असार २६ गते प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा सुमनलाई पक्राउ गरेको हो । उनलाई शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । साथै पीडित किशोरीलाई आफन्तको जिम्मा लगाइ

    • प्रकाशित मितिः असार २७, २०८०
    • 213 पटक पढिएको
  • सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीताको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । ‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।’ सरकार प्रवक्ता रेखा शर्माले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ । हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो । लामो समयदेखि वंशाणुगत पार

    • प्रकाशित मितिः असार २७, २०८०
    • 192 पटक पढिएको
  • बहुविवाह मुद्दाको आरोपमा वडाध्यक्ष नै पक्राउ

    झापा / महोत्तरीको भङ्गाहा नगरपालिकामा वडाध्यक्ष नै बहुविवाह आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा-४ का वडाध्यक्ष गणेश महतो रहेको प्रहरीले जनाएको छ ।  उनकी जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

    • प्रकाशित मितिः असार २७, २०८०
    • 177 पटक पढिएको
  • किर्ते कागज भएको मालबाहक ट्रक भैरहवा भन्सार कार्यालय नियन्त्रणमा

    झापा / भैरहवा भन्सार कार्यालयले बिना भन्सार बाहिरिन खोजेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । भारतबाट नेपालका लागि भित्रिएको प्याज सहितको मालबाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरिन खोज्दा अन्नपूर्ण टर्मिनलको सुरक्षा गार्डले सोमबार दिउँसो २ बजे रोकेका हुन् । यूपी ३१ टी ९९४१ नम्बरको प्याज सहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरीनै लाग्दा किर्ते कागज भएको आशङ्कामा टर्मिनलले रोकेको हो । भन्सार जाँचपासका लागि आउने मालबाहक ट्रक प्रवेश हुनासाथ गेटबाट गाडीको नम्बरसहित प्रवेशको इन्ट्री हुन्छ, गेटपास (बिलिङ) पछि भन्सार जाँचपासको लागि प्रक्रिया सुरु हुन्छ, जाँचपास भएपछि भन्सारले निकासी पत्र (एक्जीट नोट)

    • प्रकाशित मितिः असार २७, २०८०
    • 164 पटक पढिएको
  • सेवाग्राहीलाई एक लाख रुपैयाँ घुस माग्ने लेखा अधिकृत रंगेहात पक्राउ

    काठमाडौँ / एक लाख रुपैयाँ घुस सहित लेखा अधिकृत पक्राउ परेका छन् । सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको प्रयोजनका लागि सेवाग्राहीबाट माग गरिरहेको पूर्वसूचनाको आधारमा अधिकृत पोखरेललाई रंगेहात पक्राउ गरेको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।  उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गालले जनाएको छ ।

    • प्रकाशित मितिः असार २७, २०८०
    • 106 पटक पढिएको
  • चोरी मुद्दामा फरार रहेका बिर्तामोडका आलम पक्राउ

    बिर्तामोड / जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका फरार रहका एक प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका वडा नम्बर ६ का २५ वर्षीय शफिक आलम रहेका छन् । मंगलबार पक्राउ परेका आलमलाई झापा जिल्ला अदालतको मिति २०७९/०३/२७ गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका र फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । आलमलाई ६ महिना कैद, ५ हजार जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

    • प्रकाशित मितिः असार २७, २०८०
    • 247 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.