काठमाडौँ / एक लाख रुपैयाँ घुस सहित लेखा अधिकृत पक्राउ परेका छन् । सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको प्रयोजनका लागि सेवाग्राहीबाट माग गरिरहेको पूर्वसूचनाको आधारमा अधिकृत पोखरेललाई रंगेहात पक्राउ गरेको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।  उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गालले जनाएको छ ।