बिर्तामोड / जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका फरार रहका एक प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका वडा नम्बर ६ का २५ वर्षीय शफिक आलम रहेका छन् । मंगलबार पक्राउ परेका आलमलाई झापा जिल्ला अदालतको मिति २०७९/०३/२७ गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका र फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।
आलमलाई ६ महिना कैद, ५ हजार जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।