झापा / महोत्तरीको भङ्गाहा नगरपालिकामा वडाध्यक्ष नै बहुविवाह आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा-४ का वडाध्यक्ष गणेश महतो रहेको प्रहरीले जनाएको छ ।
उनकी जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।