काठमाडौँ / नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । बुधबार अपराह्न पशुपति आर्यघाटमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

दाहाललाई पति प्रचण्ड र छोरीहरू रेणु दाहाल र गङ्गा दाहालले दागबत्ती दिए । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । पार्टी कार्यालयबाट अन्त्येष्टिका लागि उनको पार्थिव शरीरलाई पशुपति आर्यघाट ल्याइएको थियो ।