झापा / भैरहवा भन्सार कार्यालयले बिना भन्सार बाहिरिन खोजेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । भारतबाट नेपालका लागि भित्रिएको प्याज सहितको मालबाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरिन खोज्दा अन्नपूर्ण टर्मिनलको सुरक्षा गार्डले सोमबार दिउँसो २ बजे रोकेका हुन् ।

यूपी ३१ टी ९९४१ नम्बरको प्याज सहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरीनै लाग्दा किर्ते कागज भएको आशङ्कामा टर्मिनलले रोकेको हो । भन्सार जाँचपासका लागि आउने मालबाहक ट्रक प्रवेश हुनासाथ गेटबाट गाडीको नम्बरसहित प्रवेशको इन्ट्री हुन्छ, गेटपास (बिलिङ) पछि भन्सार जाँचपासको लागि प्रक्रिया सुरु हुन्छ, जाँचपास भएपछि भन्सारले निकासी पत्र (एक्जीट नोट) दिएमात्रै मालबाहक गाडी बाहिरिने गरिन्छ ।

OM Sai Pathibhara Hospital

तर, सोमबार भन्सार परिसरमा आएको गाडी बिना भन्सार जाँचपास गराई शंकास्पद कागजको भरमा बाहिरिन खोज्दा भन्सार प्रणालीले किर्ते देखाएको हो । निकासी गेटमा नक्कली गेटपास र एक्जिट नोट प्रणालीमा समावेश गर्दा नमानेपछि घटना बाहिरिएको हो ।