काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीताको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । ‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।’ सरकार प्रवक्ता रेखा शर्माले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ । 

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो । लामो समयदेखि वंशाणुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो । अहिले उनको शव श्रद्धाञ्जलीका लागी पेरिस डाँडामा राखिएको छ ।