बिर्तामोड / मेचीनगर नगरपालिका- ६ स्थित मेची भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- ६ भानुटोल साठीबिघा बस्ने २९ वर्षीय अशोक डुम्जन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२-०२२ प ८७२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा हेलमेटको भित्री भागमा लुकाई ल्याएको ८ सय मिलिग्राम उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो । सोमबार दिउँसो पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उर्लाबारी / नेपाल प्रेस युनियन मोरङ शाखाले जिल्लाका ६ जना पत्रकारलाई सम्मान गरेको छ । मोरङको बिराटचौकस्थित सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भएको ११ ओै अधिवेशनमा ६ जना पत्रकारहरूलाई सम्मान गरिएको हो ।युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार लिलाबल्लभ घिमिरेलाई , शैलजा आचार्य महिला पत्रकारिता पुरस्कार करुणा बस्नेतलाई ,गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बिनोद भण्डारीलाई ,बाबुराम निरौलालाई गिरिजाप्रसाद कोइराला युवा पत्रकारिता पुरस्कार , विक्रम निरौलालाई रमाप्रसाद – मायादेवी रिजाल पत्रकारिता पुरस्कार
बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा श्रावण ७ गते बाट कित्ताकाट खुल्ने भएको छ । गाउँपालिकाले आज (मंगलबार) जग्गा वर्गीकरण सम्बन्धी प्रतिवेदन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरमा बुझाएसँगै जग्गाको कित्ताकाट खुल्ने भएको हो । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आज एक सूचना जारी गर्ने बुद्धशान्ति गाउपालिका भरिका ७ वटा वडाहरूमा जग्गाको कित्ताकाट खुल्ने जनाएको छ । बुद्धशान्ति गाउँपालिकामा विगत २ बर्षयता जग्गाको कित्ताकाट बन्द भइ आएको थियो ।
काठमाडौं / अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेबनानका ४२ वर्षीय एल यमन महमद रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको झोलाबाट लुकाई छिपाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक
काठमाडौं / प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहित दुई जनालाई पक्राउ गरेको छ । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुङ्गानालाई पक्राउ गरेको हो ।एलओडीमा गएकी एक १५ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ । यही प्रकरणमा यसअघि एलओडीका सञ्चा लक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए ।तर घटना भएका बेला क्लबमा उपस्थित नदेखिएको भन्दै उनीहरु बोलाएका बेला उपस्थित हुने गरी छुटेका छन् । ब
बिर्तामोड / १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका- १ बस्ने ५९ वर्षीय नरेश रसाइली रहेका छन् । रसाइलीले ती बालिकालाई बुबाआमा धान रोप्न खेतमा गएको अवस्थामा ललाइ फकाई आफ्नै घरको कोठाभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका रसाईलीका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा / कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्यनेपाल गाउँपालिका- ६, भोर्लेटारका २३ विवेक वि क रहेका छन् । दुर्घटनामा परि मृतक विकका सहोदर भाइ २० वर्षीय दीपेन्द्र वि क पनि गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रूपा गाउँपालिका- ३ पोल्याङमा बिहान ७:४८ ठक्कर दिएको थियो । बसका चालक रूपा गाउँपालिकाका विशाल गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए ।
झापा / मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपामा आइतबार साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङ रहेका छन् । प्रहरीका अनुसार फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको ना२ख ९२१५ नं को ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरेर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवस कुँवरले जानकारी दिए।
काठमाडौं / नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रूपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।गत माघ १० गते रूपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए । बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि विजयबहादुर यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ ९१० बाट
बिर्तामोड / बिर्तामोड र कनकाई नगरपालिकाले आज (साउन १) देखि सुर्तिजन्य पदार्थको बिक्री र सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गर्ने निर्णय गरेको छ । आजदेखि गुट्खा, खैनी तथा चुरोट लगायत सुर्तिजन्य पदार्थको बिक्री वितरण र सार्वजनिक स्थलमा प्रयोग गर्न नदिने कार्यपालिकाले निर्णय गरेको हो ।यि दुई नगरपालिकाले गरेको निर्णयलाई धेरै जसो सर्वसाधारणहरूले स्वागत गरेका छन् भने केही व्यवसायी र उपभोक्ताहरूले यो निर्णय सस्तो लोकप्रियताको लागि गरिएको भन्ने आरोप लगाएका छन् । नगरवासीलाई बिक्री र सार्वजनिक स्थलमा निषेध गरिएको वस्तुको प्रयोग नगर्न आग्रह गरिएको छ । हरेक गल्लीका ठूला देखि साना चिया पसल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.