काठमाडौं / अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेबनानका ४२ वर्षीय एल यमन महमद रहेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको झोलाबाट लुकाई छिपाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला परेको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।