झापा / कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्यनेपाल गाउँपालिका- ६, भोर्लेटारका २३ विवेक वि क रहेका छन् । दुर्घटनामा परि मृतक विकका सहोदर भाइ २० वर्षीय दीपेन्द्र वि क पनि गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रूपा गाउँपालिका- ३ पोल्याङमा बिहान ७:४८  ठक्कर दिएको थियो । बसका चालक रूपा गाउँपालिकाका विशाल गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक  तिमिल्सिनाले जानकारी दिए ।