बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा श्रावण ७ गते बाट कित्ताकाट खुल्ने भएको छ । गाउँपालिकाले आज (मंगलबार) जग्गा वर्गीकरण सम्बन्धी प्रतिवेदन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरमा बुझाएसँगै जग्गाको कित्ताकाट खुल्ने भएको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आज एक सूचना जारी गर्ने बुद्धशान्ति गाउपालिका भरिका ७ वटा वडाहरूमा जग्गाको कित्ताकाट खुल्ने जनाएको छ । बुद्धशान्ति गाउँपालिकामा विगत २ बर्षयता जग्गाको कित्ताकाट बन्द भइ आएको थियो । May be an image of text