बिर्तामोड / १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका- १ बस्ने ५९ वर्षीय नरेश रसाइली रहेका छन् । 

रसाइलीले ती बालिकालाई बुबाआमा धान रोप्न खेतमा गएको अवस्थामा ललाइ फकाई आफ्नै घरको कोठाभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका रसाईलीका सम्बन्धमा  इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।