काठमाडौं / प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहित दुई जनालाई पक्राउ गरेको छ । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुङ्गानालाई पक्राउ गरेको हो ।
एलओडीमा गएकी एक १५ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ । यही प्रकरणमा यसअघि एलओडीका सञ्चा लक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए ।
तर घटना भएका बेला क्लबमा उपस्थित नदेखिएको भन्दै उनीहरु बोलाएका बेला उपस्थित हुने गरी छुटेका छन् । बालिकालाई बलात्कार गर्ने ५१ वर्षीय पुरुष भने हिरासतमा छन् ।