बिर्तामोड / मेचीनगर नगरपालिका- ६ स्थित मेची भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- ६ भानुटोल साठीबिघा बस्ने २९ वर्षीय अशोक डुम्जन तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२-०२२ प ८७२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा हेलमेटको भित्री भागमा लुकाई ल्याएको ८ सय मिलिग्राम उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।  सोमबार दिउँसो पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।