बिर्तामोड / बिर्तामोड र कनकाई नगरपालिकाले आज (साउन १) देखि सुर्तिजन्य पदार्थको बिक्री र सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गर्ने निर्णय गरेको छ ।   आजदेखि गुट्खा, खैनी तथा चुरोट लगायत सुर्तिजन्य पदार्थको बिक्री वितरण र सार्वजनिक स्थलमा प्रयोग गर्न नदिने कार्यपालिकाले निर्णय गरेको हो ।

यि दुई नगरपालिकाले गरेको निर्णयलाई धेरै जसो सर्वसाधारणहरूले स्वागत गरेका छन् भने केही व्यवसायी र उपभोक्ताहरूले यो निर्णय सस्तो लोकप्रियताको लागि गरिएको भन्ने आरोप लगाएका छन् । 

OM Sai Pathibhara Hospital

नगरवासीलाई बिक्री र सार्वजनिक स्थलमा निषेध गरिएको वस्तुको प्रयोग नगर्न आग्रह गरिएको छ । हरेक गल्लीका ठूला देखि साना चिया पसल, घुम्तीहरूमा  निर्वाध रुपमा सुर्तीजन्य बस्तुको बिक्री हुँदै आएको छ ।  नगरपालिकाको निर्णय नमान्नेलाई कानुनी कारबाही गरिने बताइएको  छ ।