काठमाडौं / प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको भन्दै विश्वास दिलाइ पीडितबाट ४५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका- ८ बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन् । उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाई विभिन्न कागजातहरूमा सही छाप गराई उक्त रकम ठगी गरेको तथा ना ४ च ८६७० नम्बरको स्कारपियो जिप समेत लिई फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं कोटेश्वरबा
भद्रपुर / झापाको भद्रपुर नगरपालिका अन्तरगत चिया बगानमा काम गर्ने मजदुरहरूले न्यूनतम पारिश्रमिक (ज्याला ) वृद्धि गरिनु पर्ने माग राख्दै आज विरोध प्रदर्शन सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । हाल दिदैँ गरेको पारिश्रमिकले जीवन यापन गर्न असहज भएको भन्दै उनीहरूले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । आज भद्रपुर नगरपालिका भरि १२० भन्दा बढि मजदुरहरू भेला भएर विभिन्न नारा सहित प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा लामो समय अगिबाट चिया मजदु
काठमाडौं / ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा उनीहरूलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए । यो सहित ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।
बिर्तामोड / झापाको बिर्तामोडमा एक नाबालक मृत फेला परेका छन् । बिर्तामोड- ७ मा बस्दै आएका रवि भनिने खाजुल मियाका २ वर्षीय छोरा मोहमद आज बिहान मृत फेला परेका हुन् । स्वास्थ्य स्थिति असामान्य रहेका उनी हजुरबुबासँगै सुतेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । केही दिनअघि आमाले नाबालकलाई बुबाको जिम्मा लगाएर सम्पर्क विहीन भएको स्थानीयवासीले बताए । आमा सम्पर्क विहीन भएपछि उनी बुबासँगै बस्दै आएका थिए । घटनास्थलमा प्रहरी पुग्दा नाबालकको घाटीमा कमिला धेरै कमिला देखिएको बताइएको छ । मृतक नाबालकको शवलाई पोस्टमार्टमका लागि धरान घोपा पठाइए साथै घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
मोरङ / मोरङको पथरी शनिश्चरेमा रहेको शान्ति सामुदायिक वनको आगामी नेतृत्व चयनको विवाद सतहमा आएको छ । समितिका ३ जना पदाधिकारी नरहेको अवस्थामा हालका समितिले अधुरो समितीमा मनोनयन गर्ने आफु अनुकुल विधान संसोधन र परिमार्जन गर्ने गरेका कारण टोल कमान्डर सहितका उपभोक्ताले असहमति जनाउदै सम्बन्धीत निकायलाई संयुक्त खबरदारी पत्र बुझाएका छन । समितिले टोल कमाण्डर, लेखा समिति संयोजक र सल्लाहकार सहित पटक पटक गरेको निर्णय र वडाध्यक्ष सहितले गरेको छलफललाई बेवस्था गर्दै समितिका केही ब्याक्तीको हितमा निर्णय गरेको बताएका छन । हाल कार्यसमितिमा रहेका पदाधिकारीहरूको एकलौटी हस्तक्षेपका कारण विवाद उत्पन्न भएको
पथरी /सरोज निरौला पथरी शनिश्चरे वडा नं -१ ले बढ्दो डेङ्गु रोगको प्रकोप नियन्त्रण गर्न लामखुट्टेको बासस्थान नष्ट गर्न सामूहिक अभियान सञ्चालन गरेको छ । आज वडा नं १ को मुख्य सडक गोर्खा डिपार्टमेन्ट स्टोरबाट सुरु गरी पश्चिम बस स्टेन्ड हुँदै पुनः गार्खा डिपार्टमेन्ट सम्म अभियान सञ्चालन गरिएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्बापो, वडा अध्यक्ष भीमकुमार राई, वडा सदस्यहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योगी, व्यापारी साथै राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।अभियानको उद्घाटन गर्दै नगर प्रमुख मोहन प्रसाद तुम्वापोले डेङ्गु रोगले अकालमै मार्न सक्ने भएकाले यसबाट बच्न सबैले लामखुट्टेक
सरोज निरौला मोरङ / गैरआवासीय नेपाली संघ कतारको आगामी २०२३–२०२५ को सचिव पदमा गणेश कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको छ । “गैरआवासीय नेपाली संघ कतारको शुद्धता, श्रमिकहरूको हितमा काम गर्ने प्रतिबद्धता” भन्ने मुल नारा लिएर कार्कीले यो बर्ष सचिव पदमा आफ्नो उमेदवारीको दाबेदारी प्रस्तुत गर्नुभएको हो ।२०३८ सालमा भोजपुर जिल्लामा जन्मनुभएका कार्कीले नेपाल आर्मीको स्पेसल फोर्समा रहेर ८ वर्ष काम गर्नुभयो । वैदेशिक रोजगारीको क्रममा साउथ अफ्रिका, साउदी अरब हुँदै २०१६ देखी कतारमा रहँदै आउनुभएको छ । कतारमा वैचारिक संगठन विवेकशील साझा पार्टीको झण्डै अढाई वर्ष अध्यक्ष पदमा रही समाज सेवामा निरन्तर लागी परि
बिर्तामोड / झापाको झापा गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा- ४ ग्रामथानका गौतम कुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेश रहेका छन् । उनको नेपाल-भारत सिमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।आइतबार अन्दाजी १२ बजे डेनिस खेल्नेक्रममा पानीमा डुबेका थिए । उनलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा पुर्याउन साथ अस्पतालले मृत घोषित गरेको थियो ।
काठमाडौं / नेपाली बजारमा उपलब्ध सुजुकीका दुई मोडल फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले यी दुई सवारी साधनको मूल्य सार्वजनिक गरेको हो ।केही दिन पहिले देखि नै बुकिङ खुला गरिएको यी दुई सवारी साधनको मूल्य साउन ८ गते सार्वजनिक गर्ने पहिले नै घोषणा गरिएको थियो ।सुजुकी जिम्नी दुई भेरियन्टमा उपलब्ध हुनेछ । ती मध्ये जिम्नी जेटाको मूल्य ५९ लाख ९९ हजार र जिम्नी अल्फाको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ हुनेछ ।त्यसैगरी सुजुकी फ्रोङ्क्स तीन भेरिएन्ट सिग्मा, डेल्टा र डेल्टा प्लस भेरिएन्टमा उपलब्ध हुनेछ । यी भेरिएन्टको मूल्य क्रमशः ३९ लाख ९९ हजार, ४१ लाख ९९ हजार र
एजेन्सी / बलिउड निर्देशक तथा निर्माता करण जोहरको फिल्म ‘रकी और रानी की प्रेमकथा’ यही आउँदो जुलाई २८ मा हलमा रिलिज हुँदैछ । फिल्मले भने रिलिज अगावै बजेटको ९० प्रतिशत लगानी रिकभर गरिसकेको छ । बलिउड सञ्चारमाध्यमका अनुसार १६० करोडको बजेटमा बनेको यो फिल्मको प्रिन्ट र पब्लिसिटीमा १८ करोड रुपैयाँ खर्च भएको छ । यस्तो अवस्थामा फिल्मको कुल लागत १७८ करोड भारु हुन्छ ।फिल्मले अहिलेसम्म डिजिटल राइट्सबाट ८० करोड र स्याटेलाइट राइट्सबाट ५० करोड कमाएको छ । यसबाहेक निर्माताले यसको संगीत अधिकार ३० करोडमा बेचेका छन् । यी सबै सहित अहिलेसम्म १६० करोड रुपैयाँ असुल भइसकेको छ । यसरी हेर्दा फिल्म बक्स अफिसमा सुरक्षित अव
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.