- सरोज निरौला मोरङ / गैरआवासीय नेपाली संघ कतारको आगामी २०२३–२०२५ को सचिव पदमा गणेश कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको छ । “गैरआवासीय नेपाली संघ कतारको शुद्धता, श्रमिकहरूको हितमा काम गर्ने प्रतिबद्धता” भन्ने मुल नारा लिएर कार्कीले यो बर्ष सचिव पदमा आफ्नो उमेदवारीको दाबेदारी प्रस्तुत गर्नुभएको हो ।
२०३८ सालमा भोजपुर जिल्लामा जन्मनुभएका कार्कीले नेपाल आर्मीको स्पेसल फोर्समा रहेर ८ वर्ष काम गर्नुभयो । वैदेशिक रोजगारीको क्रममा साउथ अफ्रिका, साउदी अरब हुँदै २०१६ देखी कतारमा रहँदै आउनुभएको छ । कतारमा वैचारिक संगठन विवेकशील साझा पार्टीको झण्डै अढाई वर्ष अध्यक्ष पदमा रही समाज सेवामा निरन्तर लागी परिरहनु भएको थियो । आस्था राखेको पार्टीले जनताको मर्मअनुसार काम गर्न नसकेको भन्दै वहाँ पार्टी परिवर्तन गरी नेकपा एमालेमा प्रवेश गर्नुभयो । हाल नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च कतारको राष्ट्रिय समिति सचिवालय सदस्य पदमा रहि आप्रवासी नेपालीको हकहितमा काम गर्दै आउनु भएको छ ।
कोभिड -१९ को विश्व महामारीमा कतारमा रहेका नेपाली श्रमिकहरुको सेवामा आफ्नो ज्यानको प्रवाह नगरी दिन रात सहयोग र उद्धार सहित राहत वितरणमा अग्र स्थानमा रहेर कार्कीले सेवा गर्नुभयो । कोभिड १९ को समयमा आफ्नै पहलमा मधेस प्रदेशमा आर्थिक सहयोग गरी प्राथमिक उपचारका लागी सामाग्री खरिद गरि १५ दिने अभियान चलाउँदै सहयोग संकलन गर्ने । अर्घाखाँची जिल्लामा आगलागी मार्फत सम्पूर्ण जायजेथा समाप्त भएका अत्यन्तै न्यून आय भएका ब्यक्तिको घर बनाउन कार्य पनि वहाँको पहलमा खर्च संकलन भएर भएको थियो । वहाँकै पहलमा विभिन्न क्षेत्रमा वृहत रक्तदान कार्यक्रम पनि सम्पन्न भइसकेका छन ।
कोभिड- १९ कै समयमा बागमती प्रदेशमा खना खान नपाउनेहरुलाइ आर्थिक सहयोग गरि खाना खुवाउने अभियान चलाउने, दोहा कतारमा नेपाली संघ सस्था अत्यन्तै धेरै भएकाले हरेक हप्ता त्यहाँ हुने कार्यक्रम बाट नेपाल भित्रने करोडौँ रकम त्यही खर्च भएकाले त्यसको नियन्त्रणका लागी व्यक्तिगत रूपमा सम्बन्धित निकाय सङ समन्वय गर्ने जस्ता काम गरेका कार्की समस्यामा परेका नेपालीको उद्धारमा अहिलेपनि अहोरात्र खटिनै रहनु भएको छ ।
एनआरएनए, एनसिसिमा भए गरेका अहिले सम्मका बेथितिहरुको अन्त्य गर्दै, दोहा कतारको नेपाली समाजलाई एकताबद्ध ढंगले अगाडि बढाउने, गैरआवासीय नेपाली संघ कतारलाई राजनीति गर्ने अखाडा बाट मुक्त गर्ने, अफ्ठ्यारोमा परेका नेपालीहरूलाई सहयोग गर्ने,प्रवासी श्रमिकका मागलाई संवोधन गराउन सधै लागी पर्ने जस्ता उद्देश्य र संकल्प बोकेर आफू चुनावी मैदानमा होमीएको कार्कीको भनाई रहेको छ । ल्च्ल्ब् छाता संगठन भएकाले राजनीति मुक्त हुन पर्दछ पर्छ भन्ने अडान लिएर अगाडी बढेका कार्कीले कसैको निगरानी र कसैको भनसुनमा नभई स्वत स्फुर्थ रुपमा चुनावमा होमिएको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ “म विगतमा भए गरेका विभिन्न कमजोरीहरूलाई आफ्नो पहलमा शुधार गर्ने र यस कार्यकाल देखी पुनः बिगतका घटनाक्रमहरू नघटाउनको लागी मेरो उम्मेद्वारी हो । कतारको हकमा कुनै दल विशेष भन्दा पनि पहिलो एक श्रमिक भएकाले पहिलो रोजाइ श्रमजिवीहरुका लागी निरन्तर साथ सहयोगका साथ आफूले पाएको जिम्मेवारी विवाद रहित तवरले पूरा गर्ने प्रतिबद्धताका साथ अघि बढ्ने । पार्टी भन्दा पनि श्रमिकका विषयलाई पहिलो प्राथमिकता दिने उद्देश्यले विशेष गरेर दोहा कतारमा हुनुहुने तमाम विवेक प्रेमी नेपालीहरूले मलाई सहयोग गर्नुहुने विश्वासका साथ मैले आफ्नो उम्मेद्वारी दिएको छु । म प्रवासी नेपाली मञ्चमा आवद्द भएता पनि प्रवासी नेपाली मञ्चको आधिकारिक उम्मेद्वार नभएकाले एक स्वतन्त्र उममेदवार हुँ” ।
एनआरएनए आइसिसि र एनसीसी कतारको २०२३ र २५ कार्यकालका लागि विभिन्न ४२ पदमा ९१ जनाले उम्मेदवारी दर्ता गराएको एनआरएनए कतारको निर्वाचन समितिले जानकारी गराएको छ । आगामी २७ र २८ जुलाई २०२३ मा निर्वाचन र २९ जुलाई २०२३ मा दशौ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको छ । डिजिटल पद्धति बाट राति १२ बजेसम्म नेपाली समयमा मतदान गर्ने समय सीमा तोकिएको छ ।