काठमाडौं / ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा उनीहरूलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए । यो सहित ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।

OM Sai Pathibhara Hospital