बिर्तामोड / झापाको झापा गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा- ४ ग्रामथानका गौतम कुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेश रहेका छन् । उनको नेपाल-भारत सिमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार अन्दाजी १२ बजे डेनिस खेल्नेक्रममा पानीमा डुबेका थिए । उनलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा पुर्याउन साथ अस्पतालले मृत घोषित गरेको थियो ।