काठमाडौं / प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको भन्दै विश्वास दिलाइ पीडितबाट ४५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका- ८ बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन् ।

उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाई विभिन्न कागजातहरूमा सही छाप गराई उक्त रकम ठगी गरेको तथा ना ४ च ८६७० नम्बरको स्कारपियो जिप समेत लिई फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान एवम् कारवाहीको लागि इलाका प्रहरी कार्यालय दमक झापामा राखिएको प्रहरीले जनाएको छ ।