बिर्तामोड / झापाको बिर्तामोडमा एक नाबालक मृत फेला परेका छन् । बिर्तामोड- ७ मा बस्दै आएका रवि भनिने खाजुल मियाका २ वर्षीय छोरा मोहमद आज बिहान मृत फेला परेका हुन् । स्वास्थ्य स्थिति असामान्य रहेका उनी हजुरबुबासँगै सुतेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । केही 

दिनअघि आमाले नाबालकलाई बुबाको जिम्मा लगाएर सम्पर्क विहीन भएको स्थानीयवासीले बताए । आमा सम्पर्क विहीन भएपछि उनी बुबासँगै बस्दै आएका थिए । घटनास्थलमा प्रहरी पुग्दा नाबालकको घाटीमा कमिला धेरै कमिला देखिएको बताइएको छ । मृतक नाबालकको शवलाई पोस्टमार्टमका लागि धरान घोपा पठाइए साथै घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital