मोरङ / मोरङको पथरी शनिश्चरेमा रहेको शान्ति सामुदायिक वनको आगामी नेतृत्व चयनको विवाद सतहमा आएको छ । समितिका ३ जना पदाधिकारी नरहेको अवस्थामा हालका समितिले अधुरो समितीमा मनोनयन गर्ने आफु अनुकुल विधान संसोधन र परिमार्जन गर्ने गरेका कारण टोल कमान्डर सहितका उपभोक्ताले असहमति जनाउदै सम्बन्धीत निकायलाई संयुक्त खबरदारी पत्र बुझाएका छन । 

समितिले टोल कमाण्डर, लेखा समिति संयोजक र सल्लाहकार सहित पटक पटक गरेको निर्णय र वडाध्यक्ष सहितले गरेको छलफललाई बेवस्था गर्दै समितिका केही ब्याक्तीको हितमा निर्णय गरेको बताएका छन । हाल कार्यसमितिमा रहेका पदाधिकारीहरूको एकलौटी हस्तक्षेपका कारण विवाद उत्पन्न भएको उपभोक्ता अमित लिम्बुले बताए । 

OM Sai Pathibhara Hospital

उपभोक्तालाई जानकारी नै नगराई वनका कार्यवाहक अध्यक्ष हेमभत्त गुरुङ र कोषाध्यक्ष कुल मणि गुरुङले विधान परिमार्जन गरि उपभोक्तालाई नेतृत्व पक्षमा जानबाट रोक लगाएको उपभोक्ता अमर बहादुर कार्कीले बताउनु भयो । समुहका अध्यक्ष के वि गुरुङ, सहअध्यक्ष प्रकाश थापा र सचिव जानुका राई पदबाट बाहिर रहँदा वनको नेतृत्व कार्यवाहक अध्यक्ष हेमभत्त गुरुङले सम्हाल्दै आउनु भएको छ । अध्यक्ष गुरुङ पदबाट निलम्बनमा पर्नु भएको हो भने सह- अध्यक्षको निधन भइ सकेको छ । त्यस्तै सचिवले राजिनामा दिनु भएको छ । निर्वाचित अध्यक्ष सचिव नरहे पछि ६ महिना भित्र चुनाव गराउनु पर्ने हो तर विभिन्न अडकलबाजी थाप्दै २ बर्ष सम्म झुलाएको कारण टोल संयोजकहरुले विरोध जनाएका छन ।

पथरी शनिश्चरे वडा नं १ का वडाध्यक्ष भीम कुमार राईले आफू सहित बसेर बहुमतले गरेको निर्णयको अपहेलना गर्दै कार्यवाहक अध्यक्ष र कोषाध्यक्षले उपभोक्तालाई घुम्राहमा राखेको बताउनु भएको छ । उहाँले भन्नु भयो “सम्पुर्ण उपभोत्ताहरु सक्षम रहेको र बहुमतको निर्णय नै अन्तिम निर्णय हुन्छ, । “एक लैटि निर्णय भए वडाबाट हुने कुनै पनि कार्यमा सिफारिस गर्दीन” ।

अध्यक्ष निलम्बन भएको खण्डमा कार्यवाहक अध्यक्षले ६ महिना भित्र विषेश बैठक बोलाई साधारणसभा गर्नु पर्नेमा करिब २ बर्ष देखी संस्था अध्यक्ष बिहिन बनेको कारण संस्थाको सम्पूर्ण गतिविधिमा रोक लगाएको सव डिभिजन वन कार्यलय पथरीका प्रमुख दिवस कुमार चौधरीले बताउनु भयो । हालको कार्यसमितिले एक कार्यकाल सदस्य भएकाले मात्रै अबको नेतृत्व लिन पाउने एक पक्षीय विधान संसोधन प्रस्ताव अघि बढाएको छ । तर यता २६ जना टोल कमान्डर र १ सय ५ जना उपभोक्ताको हस्ताक्षर सहित आज सबै पदमा खुल्ला हुनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन ।

कार्यवाहक अध्यक्ष हेमभक्त गुरुङ र कोषाध्यक्ष कुलमणि गुरुङलाई करिव दुई वर्ष देखि मनोमानी ढंगमा संस्था चलाएको आरोप छ । प्रमुख ३ पदका ब्यक्तिहरू नभए पछि चुनावको माग गर्दै आएका उपभोक्ताको मागलाई उपेक्षा गर्दे गुरुङ नेतृत्वको समुहले आफू अनुकुल विधान परिमार्जन गरेको भन्दै उपभोक्ताले साधारण सभाको माग गर्दै आएका थिए । पटक पटकको बैठकबाट सहमति नजुटे पछि र हालका समितिले आफु अनुकुल विधान अघि बढाए पछि टोल कमान्डर र उपभोक्ताले असहमति जनाएका हुन् । 

पथरी शनिश्चरेको जेठो वन भए पनि आन्तरिक खिँचातानी भएका कारण वन समुह विवादमा तानिँदै आएको छ । हालको समितिले मनोमानी ढंगबाट अपुरो समितिमा मनोनित गर्दै पूर्णता दिने, आँउदो चुनावी साधारणसभामा सक्षम र योग्य ब्यक्ती भए पनि नेतृत्व चयनमा जान रोक लगाएको भन्दै उपभोक्ता समितिबाट खुल्ला प्रतिस्पर्धा हुनु पर्ने माग गर्दै सव डिभिजन वन कार्यलय पथरी शनिश्चरे र पथरी शनिश्चरे वडा कार्यलयमा संयुक्त खबरदारी ज्ञापन पत्र बुझाएको हो ।