भद्रपुर / झापाको भद्रपुर नगरपालिका अन्तरगत चिया बगानमा काम गर्ने मजदुरहरूले न्यूनतम पारिश्रमिक (ज्याला ) वृद्धि  गरिनु पर्ने माग राख्दै आज विरोध प्रदर्शन सहित  प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । हाल दिदैँ गरेको पारिश्रमिकले जीवन यापन गर्न असहज भएको भन्दै उनीहरूले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

आज भद्रपुर नगरपालिका भरि १२० भन्दा बढि मजदुरहरू भेला भएर विभिन्न नारा सहित प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा  लामो समय अगिबाट चिया मजदुरको क्षेत्रमा काम गर्दै आएका बिभिन्न संघ सङ्गठनहरूको उपस्थिति साथै  ऐक्यबद्धता रहेको थियो ।