काठमाडौं / नेपाली बजारमा उपलब्ध सुजुकीका दुई मोडल फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले यी दुई सवारी साधनको मूल्य सार्वजनिक गरेको हो ।

केही दिन पहिले देखि नै बुकिङ खुला गरिएको यी दुई सवारी साधनको मूल्य साउन ८ गते सार्वजनिक गर्ने पहिले नै घोषणा गरिएको थियो ।

OM Sai Pathibhara Hospital

सुजुकी जिम्नी दुई भेरियन्टमा उपलब्ध हुनेछ । ती मध्ये जिम्नी जेटाको मूल्य ५९ लाख ९९ हजार र जिम्नी अल्फाको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ हुनेछ ।

त्यसैगरी सुजुकी फ्रोङ्क्स तीन भेरिएन्ट सिग्मा, डेल्टा र डेल्टा प्लस भेरिएन्टमा उपलब्ध हुनेछ । यी भेरिएन्टको मूल्य क्रमशः ३९ लाख ९९ हजार, ४१ लाख ९९ हजार र ४२ लाख ९९ हजार रुपैयाँ हुनेछ ।