बिर्तामोड / इटहरीकी रञ्जिता प्रसाईँको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की को शब्द रचनामा गीत तयार गरिएको हो । विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई थ्रि एस स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको हो ।गीतलाई गायिका प्रसाईँको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ । सुरुमा अडियो निकाल्ने र केही समयपछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाईँले बताइन् । गीतमा धोका पाएपछिको वेदना पोखिएको र अहिलेका युवा पुस्तालाई लक्षित गरिएको बताइएको छ ।प्रेम र बिछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ । गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई
भद्रपुर / नेपाल निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतको अगुवाइमा विभिन्न माग सहित आज प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । व्यवसायीहरूले ज्ञापनपत्रमा निर्माणको कार्य रकम भुक्तानी गर्नुपर्ने , सरकारबाट जारी भएको म्याद थपको संशोधन गरि सम्पूर्ण आयोजनाहरू एकमुष्ठ रूपले म्याद थप गर्न पुन आदेश जारी गर्नु पर्ने जस्ता ९ बुँदे मागहरू राखेका छन् । सरकारले ज्ञापनपत्रलाई चासोका साथ नलिए सरकार विरुद्ध प्रदर्शन गर्ने कुरा समेत उल्लेख गरिएको छ ।&
बिर्तामोड / झापाको बिर्तामोडबाट ताप्लेजुङका लागी हिँडेको जिप फिदिममा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मेची राजमार्गस्थित सामदिनमा मंगलबार मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मृतक पुरुषको भने पहिचान खुलिसकेको छैन । घाइते १३ जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्था रहेका घाइते सविना विश्वकर्मा र मिना लिम्बूलाई थप उपचारका लागि झापा ल्याइएको र बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता मिलन थापाले जानकारी दिए ।
काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई दिएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले पाण्डेलाई भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् । निजामती राष्ट्रिय किताबखानाको महानिर्देशक रहेका पाण्डेको गत बिहीबार अर्थ मन्त्रालयका सरुवा भएको थियो । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख रहेको अरुण पोखरेल भदौ १५ गतेसम्म बिदामा बसेका छन् । पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरिएको छ । पोखरेल बिदामा रहेकै बेला ३ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
बिर्तामोड / इलामको जिल्लाको सूर्योदय नगरपालिका - २ चारमाईल स्थित सीमा इलाकाबाट हिजो सशस्त्र प्रहरीले करिब ८ लाख ७५ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामान बरामद गरेको छ । नेपालबाट अवैध रूपले भारततर्फ लैजाँदै गरेको उक्त मूल्य बराबरको खुकुरी चुरोट १७ कार्टुन र शिखर चुरोट २ कार्टुन प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर इलामले बरामद गरेको हो । सामान लैजाँदै गरेका व्यक्तिहरू भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा सामान छाडी फरार भएका थिए । बरामद सामान पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं / मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका- २७ घर भई हाल काठमाडौं महानगरपालिका- ८ गुह्येश्वरी पञ्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनी पीडितहरूलाई अन्यत्र देशमा लगी अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्यमा संलग्न रहेको खुल्न आएपछि तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । कमल तामाङ
काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न चार बजे आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन् । केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि काठमाडौंमा जारी छ । विभिन्न निर्णय गर्दै भोलि बैठक समापन गर्ने तयारी छ । निर्णयको तयारीका लागि आज एक दिन केन्द्रीय समिति बैठक रोकिएको छ । एक वर्षपछि बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।
बिर्तामोड / झापामा जेठ महिना यता पानी डुबेर मात्रै १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको विवरण अनुसार २०८० जेठ १ गते देखी हालसम्म पानीमा डुबेर मृत्यु र मृत अवस्थामा भेटिएको संख्या १० जना पुगेको हो । प्रहरीले झापा शिवसताक्षी नगरपालिका वडा नं १० बस्ने मन बहादुर राईको छोरी अन्दाजी २६ वर्षीया कमला राईलाई गाई, बस्तु चराउन गएको बेला कनकाई सिँचाइ नहरको शाखा नहरमा घोप्टो परेको अवस्थामा मृत फेला पारेको थियो ।इलाम माई नगरपालिका वडा नं ८ स्थित रहेको सतासी झर्नाको दहमा साथीसँग घुम्न भन्दै गएका झापा कमल गाउँपालिका वडा नं ५ पाडाजुँगी बस्ने टेक बहादुर भण्डारीको छोरा वर्ष २१ को नि
बिर्तामोड / मोरङ र झापाका छुट्टा छुट्टै स्थानहरूबाट अवैध लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।हिजो दिउँसो पौने १२ बजे विराटनगर महानगरपालिका -१६ हुलास चौक स्थितमा भारतबाट नेपाल तर्फ आँउदै गरेको पैदल यात्री झापाको कमल गाउँपालिका - ६ का विवेक ग्वालालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी जम्मा २६ एम्पुल लागुऔषधी फेलापारि नियन्त्रणमा लिएको हो । यसैगरी हिजो राती १० बजे इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरी शनिश्चरे नगरपालिका - १ रत्नचोक स्थितबाट स्थानीय २१ वर्षीय शैलेश गुरुङलाई शंका लागी चेकजाँच गर्दा
बिर्तामोड / पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बिर्तामोड नगरपालिका -८ निवासी २४ वर्षीय युवराज अधिकारी रहेका छन् । आज बिहान करिब २ बजेको समयमा सामदिन स्थित फिदिम इन रेष्टुरेन्टबाट फिदिम बजारतर्फ आँउदै गरेका अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मोटरसाइकल सडकमै भेटिएपनि उनको शव भने करिब १० मिटर तल खसेको थियो । मृतक अधिकारी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत कर्मचारी थिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.