बिर्तामोड / इटहरीकी रञ्जिता प्रसाईँको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की को शब्द रचनामा गीत तयार गरिएको हो । विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई थ्रि एस स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको हो ।

गीतलाई गायिका प्रसाईँको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ । सुरुमा अडियो निकाल्ने र केही समयपछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाईँले बताइन् । गीतमा धोका पाएपछिको वेदना पोखिएको र अहिलेका युवा पुस्तालाई लक्षित गरिएको बताइएको छ ।

OM Sai Pathibhara Hospital

प्रेम र बिछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ । गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरू विछोडिँदा अप्रिय घटनाहरू भैरहेका भावनाहरू गीतमा पोखिएको छ ।