बिर्तामोड / इलामको  जिल्लाको सूर्योदय नगरपालिका - २ चारमाईल स्थित सीमा इलाकाबाट हिजो सशस्त्र प्रहरीले करिब ८ लाख ७५ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामान बरामद गरेको छ ।

नेपालबाट अवैध रूपले भारततर्फ लैजाँदै गरेको उक्त मूल्य बराबरको खुकुरी चुरोट १७ कार्टुन र शिखर चुरोट २ कार्टुन प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर इलामले बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

सामान लैजाँदै गरेका व्यक्तिहरू भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा सामान छाडी फरार भएका थिए । बरामद सामान पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको प्रहरीले जनाएको छ ।