बिर्तामोड / झापाको बिर्तामोडबाट ताप्लेजुङका लागी हिँडेको जिप फिदिममा दुर्घटना हुँदा १ जनाको मृत्यु  भएको छ । मेची राजमार्गस्थित सामदिनमा मंगलबार मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाइते  भएका छन् । मृतक पुरुषको भने पहिचान खुलिसकेको छैन ।

घाइते १३ जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्था रहेका घाइते सविना विश्वकर्मा र मिना लिम्बूलाई थप उपचारका लागि झापा ल्याइएको  र बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता मिलन थापाले जानकारी दिए ।