बिर्तामोड / पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बिर्तामोड नगरपालिका -८ निवासी २४ वर्षीय युवराज अधिकारी रहेका छन् ।

आज बिहान करिब २ बजेको समयमा सामदिन स्थित फिदिम इन रेष्टुरेन्टबाट फिदिम बजारतर्फ आँउदै गरेका अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मोटरसाइकल सडकमै भेटिएपनि उनको शव भने करिब १० मिटर तल खसेको थियो । मृतक अधिकारी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत कर्मचारी थिए ।