बिर्तामोड / मोरङ र झापाका छुट्टा छुट्टै स्थानहरूबाट अवैध लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।हिजो दिउँसो पौने १२ बजे विराटनगर महानगरपालिका -१६ हुलास चौक स्थितमा भारतबाट नेपाल तर्फ आँउदै गरेको पैदल यात्री झापाको कमल गाउँपालिका - ६ का विवेक ग्वालालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी जम्मा २६ एम्पुल लागुऔषधी फेलापारि नियन्त्रणमा लिएको हो । 

यसैगरी हिजो राती १० बजे इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरी शनिश्चरे नगरपालिका - १ रत्नचोक स्थितबाट स्थानीय २१ वर्षीय शैलेश गुरुङलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

OM Sai Pathibhara Hospital

यसका साथै लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका- ४ भद्रपुर रोड स्थितबाट १ ग्राम १ सय मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित स्थानीय २५ बर्षीय रबी चौधरी, १९ वर्षीय प्रियान्स साह र २४ वर्षीय विशाल बि क लाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारबाही प्रकृया भइरहेको छ ।