काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई दिएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले पाण्डेलाई भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् । निजामती राष्ट्रिय किताबखानाको महानिर्देशक रहेका पाण्डेको गत बिहीबार अर्थ मन्त्रालयका सरुवा भएको थियो ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख रहेको अरुण पोखरेल भदौ १५ गतेसम्म बिदामा बसेका छन् । पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरिएको छ । पोखरेल बिदामा रहेकै बेला ३ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।