समाचार

    Showing 19,131-19,140 of 25,965 items.
  • धरानमा बढ्दै डेङ्गु संक्रमण , ८ जनाको मृत्यु सङ्क्रमितको संख्या २३०० भन्दा बढि

    विराटनगर / पछिल्लो केही समय यता घरानमा प्रकोपका रुपमा फैलिएको डेङ्गुको संक्रमण बढ्दै गएको छ । डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ ।धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा  २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छन् ।

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 137 पटक पढिएको
  • तेह्रथुममा आफ्नै गोठमा आगो लगाउने एक युवक पक्राउ

    झापा / आफ्नै गोठमा आगजनी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको छथर गाउँपालिका- ६ सुदाप बस्ने २८ वर्षीय भानु बस्नेत रहेका छन् ।  बस्नेतले आफ्नै गाई गोठमा गएराति आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । आगलागीबाट गोठमा रहेको ३ वटा गाई र १० वटा खसी बाख्रा जलि मरेको छ भने गोठ नजिकै रहेको घरमा समेत आगो फैलिएर आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ता कपडा जलेर करिब ३० लाख रुपैयाँ बरामद धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 152 पटक पढिएको
  • भुक्तानी रोकिएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा निर्माण व्यवसायी संघको धर्ना

    बिर्तामोड / भुक्तानी रोकिएको भन्दै झापाका निर्माण व्यवसायीहरूले आज जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिएका छन् । सरकारबाट म्याद थपको विषयमा भएको त्रुटिपूर्ण आदेशको विरोध गर्दै निर्माण सम्पन्न भएको आयोजनाको भुक्तानी राज्यले दिनुपर्ने माग राख्दै व्यवसायी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । देशभर निर्माण व्यवसायीको भुक्तानी रोकिएको सन्दर्भमा  आफ्ना  बिभिन्न माग सहित जिल्ला प्रशासन कार्यालय झापाको मूलगेटमा धर्ना दिएका हुन् । निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतको अगुवाइमा भएको धर्ना कार्यक्रममा २५ जना भन्दा बढि  व्यवसायीहरूको उपस्थिति रहेको थियो । अध्यक्ष 

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 842 पटक पढिएको
  • निर्वाचन आयोगको निर्णयविरूद्ध सोबिता गौतम सहित रास्वपाका चारले सांसद दिए रिट

    काठमाडौँ / निर्वाचन आयोगको निर्णयविरूद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार सांसदहरूले आइतबार उच्च अदालत पाटन आयोगको निर्णयविरूद्ध रिट दिएका छन् । निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध उच्च अदालत पाटनमा रिट परेको हो । आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले  २४ सय बढी उम्मेदवारलाई जरिवाना तोकेको थियो । जहाँ सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले उक्त निर्णय विरुद्ध रिट दिएका हुन् । न

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 117 पटक पढिएको
  • मोरङमा महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको गरेको आरोपमा ३ जना पक्राउ

    बिर्तामोड / मोरङको सुन्दरहरैचा नगरपालिका- ९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको आरोप ३ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा वीरगन्ज महानगरपालिका- १६ बस्ने २६ वर्षीय विशाल रायमाझी, पर्सा जगरनाथपुर नगरपालिका- ६ बस्ने २९ वर्षीय उमेशराय यादब र माहादेबपुर नगरपालिका- ६ बस्ने ८ वर्षीय बालक रहेका छन् । सोही नगरपालिका- ८ सलकपुर बजारमा तरकारी किनिरहेको अवस्थामा सिक्री थुति भाग्ने क्रममा स्थानीयले अभियुक्त मध्येका बिशाललाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरे

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 162 पटक पढिएको
  • गोरू काटेको आरोपमा मोरङबाट तीन जना पक्राउ

    बिर्तामोड / गोरू काटेको आरोपमा मोरङबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका- ६ सुकेचौरी बस्ने ६१ वर्षीय राम कुमार तमाङ सहित ३ जना रहेका छन् । तामाङको घरमा गोरु काटेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले गोरु काटी झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा उनीहरूलाई अन्दाजी ३५ केजी गोरुको मासु, खुकुरी २ थान, तराजु १ थानसहित शनिबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 182 पटक पढिएको
  • युवतीसँगको भिडियोले विवादमा ल्याएपछि प्रमाण नष्ट गर्न क्वाटरमा रङरोगन गर्दै दमकका प्रशासकीय अधिकृत निरौला

    बिर्तामोड / झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यतिबेला विवादमा तानिएका छन् । मदिरा सेवन गरि एक युवतीसँग अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा देखिएपछि  प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला विवादमा तानिएका हुन् । नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा युवतीसँगै देखिएका पुरुष निरौला नै भएको पुष्टि गरेका छन् । नगरपालिकाले उपलब्ध गराएको सरकारी निवासमा युवतीसँगै मदिरा सेवन गरेको भन्ने विषय गलत भएको अधिकृत निरौलाले  जिकिर गरेका छन् । यता नगरपालिकाकाले भने दोषीलाई कारबाही गरिने र यस्तो किसिमको हर्कत गर्ने जोसुकैलाई कुनै तरिकाबाट संरक्षण नगरिने प्रवक्ता दाहालले बत

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 278 पटक पढिएको
  • एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्ने

    काठमाडौँ / नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय सचिवालय बैठक भोली सोमबार बस्ने भएको छ । मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ । बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्य योजना पारित गरिने छ । 

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 90 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    झापा / आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं -६ कालीखोलामा लेदो सहितको पहिरो खसेको हो ।पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीको भनाइ छ । पहिरोका कारण यो सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 104 पटक पढिएको
  • एक सुन किलो प्रकरणमा आज फेरी एकजना पक्राउ

    काठमाडौं / एक सय किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले फेरी आज बिहान एकजनालाई पक्राउ गरेको छ । काठमाडौंको ठमेलमा रहेको होटल भियनाबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले बताएको छ । उनीसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो । उनी नेपाली मूलका बेल्जियम नागरिक हुन् । विभागले उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । 

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.