झापा / आफ्नै गोठमा आगजनी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको छथर गाउँपालिका- ६ सुदाप बस्ने २८ वर्षीय भानु बस्नेत रहेका छन् ।  बस्नेतले आफ्नै गाई गोठमा गएराति आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

आगलागीबाट गोठमा रहेको ३ वटा गाई र १० वटा खसी बाख्रा जलि मरेको छ भने गोठ नजिकै रहेको घरमा समेत आगो फैलिएर आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ता कपडा जलेर करिब ३० लाख रुपैयाँ बरामद धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।