बिर्तामोड / मोरङको सुन्दरहरैचा नगरपालिका- ९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको आरोप ३ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा वीरगन्ज महानगरपालिका- १६ बस्ने २६ वर्षीय विशाल रायमाझी, पर्सा जगरनाथपुर नगरपालिका- ६ बस्ने २९ वर्षीय उमेशराय यादब र माहादेबपुर नगरपालिका- ६ बस्ने ८ वर्षीय बालक रहेका छन् ।

सोही नगरपालिका- ८ सलकपुर बजारमा तरकारी किनिरहेको अवस्थामा सिक्री थुति भाग्ने क्रममा स्थानीयले अभियुक्त मध्येका बिशाललाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।