विराटनगर / पछिल्लो केही समय यता घरानमा प्रकोपका रुपमा फैलिएको डेङ्गुको संक्रमण बढ्दै गएको छ । डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ ।

धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा  २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छन् ।