झापा / आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं -६ कालीखोलामा लेदो सहितको पहिरो खसेको हो ।

पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीको भनाइ छ । पहिरोका कारण यो सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।