बिर्तामोड / भुक्तानी रोकिएको भन्दै झापाका निर्माण व्यवसायीहरूले आज जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिएका छन् । सरकारबाट म्याद थपको विषयमा भएको त्रुटिपूर्ण आदेशको विरोध गर्दै निर्माण सम्पन्न भएको आयोजनाको भुक्तानी राज्यले दिनुपर्ने माग राख्दै व्यवसायी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । देशभर निर्माण व्यवसायीको भुक्तानी रोकिएको सन्दर्भमा  आफ्ना  बिभिन्न माग सहित जिल्ला प्रशासन कार्यालय झापाको मूलगेटमा धर्ना दिएका हुन् ।

निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतको अगुवाइमा भएको धर्ना कार्यक्रममा २५ जना भन्दा बढि  व्यवसायीहरूको उपस्थिति रहेको थियो । अध्यक्ष  बस्नेतले राज्यको गैर जिम्मेवारपूर्वक निर्णय विरुद्ध निर्माण व्यवसायी बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए ।  ‘म्याद थप, भुक्तानीका बारेमा महासङ्घले गत फागुनदेखि नै सरकारका सबै सम्बन्धित निकायको पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको हो,’ को भनाई छ  ।

OM Sai Pathibhara Hospital

धर्ना कार्यक्रममार्फत निर्माण व्यवसायीहरूले व्यवसायीको मागलाई राज्यले कहिल्यै पनि गम्भीर रुपमा नलिएको भन्दै अब निर्णायक आन्दोलन गर्नुपर्ने चेतावनी दिएका छन् । केही दिन अगि आफ्नो माग पुरा गर्नु पर्ने भन्दै  जिल्ला प्रशासन कार्यालय झापा मार्फत निर्माण व्यवसायीहरूले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।