बिर्तामोड / गोरू काटेको आरोपमा मोरङबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका- ६ सुकेचौरी बस्ने ६१ वर्षीय राम कुमार तमाङ सहित ३ जना रहेका छन् ।

तामाङको घरमा गोरु काटेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले गोरु काटी झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा उनीहरूलाई अन्दाजी ३५ केजी गोरुको मासु, खुकुरी २ थान, तराजु १ थानसहित शनिबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।