काठमाडौं / एक सय किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले फेरी आज बिहान एकजनालाई पक्राउ गरेको छ । काठमाडौंको ठमेलमा रहेको होटल भियनाबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले बताएको छ । उनीसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो । उनी नेपाली मूलका बेल्जियम नागरिक हुन् । विभागले उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । 

OM Sai Pathibhara Hospital