बिर्तामोड / झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यतिबेला विवादमा तानिएका छन् । मदिरा सेवन गरि एक युवतीसँग अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा देखिएपछि  प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला विवादमा तानिएका हुन् । नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा युवतीसँगै देखिएका पुरुष निरौला नै भएको पुष्टि गरेका छन् ।

नगरपालिकाले उपलब्ध गराएको सरकारी निवासमा युवतीसँगै मदिरा सेवन गरेको भन्ने विषय गलत भएको अधिकृत निरौलाले  जिकिर गरेका छन् । यता नगरपालिकाकाले भने दोषीलाई कारबाही गरिने र यस्तो किसिमको हर्कत गर्ने जोसुकैलाई कुनै तरिकाबाट संरक्षण नगरिने प्रवक्ता दाहालले बताएका छन् । आफ्नो क्वाटरमा केही नभएको भन्ने देखाउन आज बिहानैदेखि रङरोगन गरी प्रमाण नष्ट गराउन निरौलाले कामदार खटाएका बताइएको छ ।