समाचार

    Showing 19,121-19,130 of 25,965 items.
  • डम्बर गिरिले गरे चुनाब खर्च विवरण सार्वजनिक

    बिर्तामोड / गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका डम्बर गिरिले चुनावमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले धरौटी बापत रु १०,०००  मात्रै खर्च भएको विवरण  निर्वाचन आयोगमा पेश गरेका हुन् । निर्वाचनमा प्रचारमा आवश्यक पर्ने निर्वाचन सामाग्री अरु साथीभाइ, शुभेच्छुहरूबाट सहयोगको रुपमा प्राप्त भएको उनले बताएका छन् । उनले भनेका छन् 'गत प्रतिनिधि सभाको निर्वाचन २०७९ मङ्सिर ४ गते झापा क्षेत्र न ३ बाट प्रतिनिधि सभाको सदस्यको रुपमा मैले उम्मेदवारी दिएको थिए, कानुन सम्मत २०७९/०८/१५ गते दर्ता न ४१ मा सबै निर्वाचन खर्चको विवरण

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 151 पटक पढिएको
  • विराटनगरमा मनोसामाजिक विमर्श अभिभुखिकरण तालिम सञ्चालन

    बिर्तामोड / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा ३ कार्यदिन अवधिको मनोसामाजिक विमर्श अभिभुखिकरण तालिम सञ्चालन भएको छ । श्रावण १५ गते बाट सञ्चालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा बालकालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ । प्रहरी नायब उपरीक्षक विनोद कुमार सुनुवारको प्रमुख आतिथ्यतामा सञ्चालन भएको तालिममा मनोविमर्शकर्ता स्वस्तिकमा पोखरेलले सहभागी प्रहरी कर्मचारीहरूलाई मनोसामाजिक परामर्श सम्बन्धी बिभिन्न विषयमा शिक्षण प्रदान ग

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 115 पटक पढिएको
  • सुन प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ / गत साउन ३ गते राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठूलो मात्रामा बरामद गरेको सुन प्रकरणमा जरैसम्म पुगेर  अनुसन्धान गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गरि दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले सुन प्रकरण लगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्‍याउन सरकार दृढ रहेको स्पष्ट पारे । हाल सम्म उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । बैठकमा पार्टीका उ

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 133 पटक पढिएको
  • झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

    बिर्तामोड / झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीलले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका- ९ बस्ने २३ वर्षीय प्रवास राजवंशी रहेका छन् । राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका राजवंशीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 247 पटक पढिएको
  • मधेश प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

    झापा / मधेश प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले सोमबार राजीनामा दिएका हुन् । कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए । त्यसयता दुवै जना विना विभागीय मन्त्री थिए । उनीहरूले पार्टीको निर्देशन अनुसार नै राजीनामा दिएको बताएका छन् ।

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 108 पटक पढिएको
  • दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाको कार्यकक्षमा तालाबन्दी

    बिर्तामोड / झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको कार्यकक्षमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ तालाबन्दी गरेको छ । एक युवतीसँग आपत्तिजनक भिडियो सार्वजनिक भएपछि युवा संघले तालाबन्दी गरेको हो । मदिराको नशाले लट्ठ भएर अनैतिक हर्कत गरेको भिडियो टिकटकबाट सार्वजनिक भएपछि निरौला यतिबेला विवादमा परिरहेका छन् । संघका जिल्ला अध्यक्ष राम पौडेलले नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँलाई ज्ञापनपत्र बुझाउँदै निरौलाको यो हर्कतले सिङ्गो दमककै बेइज्जत भएकाले उनलाई तत्काल कारबाही माग गरिएको छ । आइतबार नगर कार्यपालिकामा प्रतिनिधित्व गर्ने १५ जना कार्यपालिका सदस्यहरूले सामूहि

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 180 पटक पढिएको
  • रकम भुक्तानी नगरेको भन्दै प्रधानमन्त्रीको निवास अघि निर्माण व्यवसायीहरूको धर्ना

    काठमाडौँ / नेपाल निर्माण व्यवसायी महासंघ सरकारले आर्थिक वर्ष सकिँदा पनि ठूलो रकम भुक्तानी नगरेको भन्दै आन्दोलनमा उत्रिएको छ । रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासङ्घले आज बिहान प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका हुन् । रकम भुक्तान माग र म्याद थप सम्बन्धी निर्णयको विरोधमा व्यवसायीहरू सेफ्टी हेलमेट सहित एक घण्टा धर्नामा सहभागि भए । महासङ्घका अध्यक्ष रवि सिंहले राज्यको गैर जिम्मेवारपनका कारण महासङ्घले बाध्य भएर आन्दोलन गर्नु परेको बताए। म्याद भुक्तानीका बारेमा महासङ्घले गत फागुनदेखि नै सरकारका सबै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा आएपनि कुनै सुनुवाइ नभएपछि आ

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 89 पटक पढिएको
  • झापाको दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित ४ जना पक्राउ

    बिर्तामोड / झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरी पक्राउ गरेको छ । लागूऔषधको बिक्री बितरण भइरहेको भन्ने विशेष सूचना प्राप्त भएसँगै आइतबार दिउँसो इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका- ५ को एक घरबाट कमल गाउँपालिका- ४ का ३५ वर्षीय सुमन श्रेष्ठ, गौरादह घर भई दमक नगरपालिका- ५ मा बस्ने २७ वर्षीय सरोज सुब्बा र सरोजकै श्रीमती ३२ वर्षीया मिना राईलाई ८ ग्राम लागूऔषध ब्राउनसुगर र ३ थान मोबाइल सहित पक्राउ  गरेको हो । यसैगरी झापाकै मेचीनगर नगरपालिका- ६ मेची पुल छेउबाट बिर्तामोड नगरपालिका- ४ का २० वर्षीय महममताज अलि २ ग्राम लागूऔषध ब्रा

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 159 पटक पढिएको
  • कटुवा पेस्तोल सहित मोरङबाट १ जना पक्राउ

    बिर्तामोड / मोरङको पथरी शनिश्चरे नगरपालिका(३ बाट १ थान कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय  राज कुमार तुम्बाफोलाई घरैबाट कटुवा पेस्तोल सहित आईतवार साँझ पक्राउ गरेको हो । पक्राउ परेका तुम्बापोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 126 पटक पढिएको
  • सवारी दुर्घटनामा परि अर्जुनधाराका युवकको मृत्यु

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका -६ स्थित बुट्टाबारीमा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा -११ का २८ वर्षीय पुकार केसी रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको प्र-१-०२-०४३ प ८४७४ नम्बरको मोटरसाइकलमा सवार केसी गम्भिर घाईते अवस्थामा रहेको भन्ने जानकारी  प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्र स नि को कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागी बि एण्ड सि अस्पताल बिर्तामोड पठाइएकोमा चिकित्सकले मृत्यु घोषित गरेका थिए । कनकाई नगरपालिका -८ स्थित घाग्रापुल नजिकै बेवारिसे अवस्थामा फेला परेको ना ६ख २०३३

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 245 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.